शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा

सोमबार, ३० भदौ २०७६, २२ : २१
सोमबार, ३० भदौ २०७६

सेन्ट पिटर्सवर्ग-चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुगेका छन् ।   तीन दिने औपचारिक भ्रमणका लागि उनी रुस आउनुभएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ ।

दुई देशको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उनले रूसको भ्रमण गर्नु भएको बताइएको छ ।  चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस र चीनबीचको सम्वन्धलाई नयाँ युगको रूपमा परिभाषित गरे । 

उनले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीचमा भेटवार्ता हुने जानकारी पनि दिए । चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औ बैठकका रूपमा हुन लागेको हो । 

प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रीत गरेर छलफल गरिने छ । दुई पक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ । 

प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।  चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ । -सिन्ह्वा/Photo: Xinhua

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप