शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गढिमाई’ पछि अन्डरसाइडको ‘वाइल्ड’ भिडियो सार्वजनिक

मङ्गलबार, ३१ भदौ २०७६, ०९ : १६
मङ्गलबार, ३१ भदौ २०७६

केही समयअघि गढीमाई प्रथामा आधारित भिडियो सार्वजनिक गरेर चर्चामा आएको नेपालको मेटल ब्यान्ड अन्डरसाइडले नयाँ भिडियो सार्वजनिक गरेको छ ।

अन्डरसाइडले सोमबार बेलुकी पाँच बजे ‘वाइल्ड’ नामकोे भिडियो सार्वजनिक गरेको हो । भिडियोमा एउटा वौद्ध भिक्षुलाई लखेटिएको दृश्य समावेश छ जसले उत्पीडनमा परेकी युवतीलाई बचाउने प्रयास गर्छन् ।

भिडियोलाई फज फ्याक्ट्रि प्रडक्सनले निर्माण गरेको छ ।

मिडियोका डिरेक्टर, इडिटर, साउन्ड डिजाइन हिमाल थापाको हो भने दिपित राज असिस्टेन्ट डिरेक्टर हुन् । यसका साथै दिपित राज, रेवत श्रेष्ठ, विजय कोजुले  सिनेमाटोग्राफी सम्हालेका छन् । मन्जित लामा कलरिस्ट र असिस्टेन्ट इडिटर हुन् ।

सार्वजनिक भएको १५ घण्टामा भिडियोले ३१ हजार बढी भ्यू पाइसकेको छ भने पाँच सय बढी कमेन्ट छन् ।

धेरैले भिडियोलाई अत्यधिक रुचाएका छन् जसका कारण कमेन्टमा तारिफको वर्षा छ ।

कतिले भिडियो सोचेभन्दा पनि राम्रो बताइरहेका छन् भने कतिले भिडियोको कन्सेप्टका लागि धन्यवाद दिएका छन् ।

अनु शाही नामको अकाउन्टबाट कमेन्ट आएको छ, ‘कन्सेप्ट र गीतको लागि सम्मान । मलाई यो निकै मनपर्‍यो ।’

यस्तै बोनी श्रेष्ठको कमेन्टमा भनिएको छ, ‘सधैं झैं, सोचेभन्दा बढी । जब पुलिसले धोकी भेट्छ, तब आनन्द आयो हाहा... वाइल्डनेसको उच्च बिन्दु ।’

विनायक कट्टेलले नेपाली ब्यान्डलाई सर्पोट गर्न अग्रह गरेका छन् ।

यस्तै गो अ हेड नामको अकाउन्टबाट कमेन्ट आएको छ, ‘यो गीत लाउडस्पिकरमा सुन्दा बुवाले गाली गर्नुभयो, त्यसपछि मैले उहाँलाई यो भिडियो देखाएँ । अब अहिले हामी दुबैजना सँगै बसेर यो गीत सुन्छौं ।’

पछिल्ला समय सामाजिक मुद्दा उठान गरिएका विभिन्न भिडियो सार्वजनिक भइसकेका छन् जसले दर्शक र श्रोताको मन जित्न सफल भइरहेको छ ।

अन्डरसाइड ब्यान्ड ९ वर्ष अघि सन् २०१० मा स्थापना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप