बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अनुसन्धानः फोनको ब्याट्रीले निर्धारण गर्छ मानिसको मुड, फूल चार्ज हुँदा खुसी, ५० प्रतिशत हुँदा तनाव

मङ्गलबार, ३१ भदौ २०७६, १० : २६
मङ्गलबार, ३१ भदौ २०७६

२१ औं शताब्दिमा प्रविधीले मानिसको जीवन नियन्त्रण गरेको छ र फोनको ब्याट्रिले मानिसको मुडलाई । मानिसको दिमागले फोनको ब्याट्रि अनुसार काम गर्छ ।

लण्डन युनिभर्सिटीका मार्केटिङ रिसर्चर थोमस रोबिन्सन र फिनल्याण्डको अल्टो युनिभर्सिटीको अनुसन्धानबाट यो कुरा सार्वजनिक भएको हो । शोधका अनुसार जसको फोनको ब्याट्री सधैं चार्ज हुन्छ उनीहरु आफ्नो ऊर्जाको प्रयोग लामो समयसम्म गर्छन् । यस्ता व्यक्तिहरु निकै व्यवस्थित हुन्छन् । यस्तै, जो मानिसहरु आफ्नो फोनको ब्याट्रिमा ध्यान दिँदैनन् वा जसको फोनको ब्याट्रि सधैं कम हुन्छ, उनीहरु जीवनमा अव्यवस्थित हुन्छन् ।

ब्याट्रिका अनुसार निर्धारण हुन्छ यात्राको समयः

शोधकर्ताले  लण्डनको २३ देखि ५७ वर्षका  यस्ता २२ व्यक्तिमाथि अनुसन्धान गरेको छ जो कतै जान ६०–१८० मिनेटको समय लगाउँछन् । यदि उनीहरु आफ्नो गन्तव्यबाट १० किलोमिटर टाढा छन् र बाटोमा १० स्टप छन् भने उनीहरु यसको तुलना ब्याट्रिसँग गर्छन् । जस्तै, फोनमा ब्याट्रि ५० प्रतिशत छ भने कति समयमा गन्तव्यमा पुगिन्छ र ब्याट्रि फूल गर्न कति समय लाग्छ भनेर उनीहरु निश्चित गर्छन् । ब्याट्रिको घट्दो पावर उनीहरुलाई समयमा नै फोन चार्ज गर्नका लागि प्रेरित गर्छ । उदाहरणका लागि कम हुँदै गरेको फोनको ब्याट्रिलाई चार्ज गर्नका लागि मानिसहरु चाँडै नै यस्तो स्थान पुग्न सक्छन् जहाँ उनीहरु आफ्नो फोन चार्ज गर्न सक्छन् ।

शोधमा सार्वजनिक भए अनुसार जसको फोन फूल चार्ज हुन्छ, उनीहरु सकारात्मक महसुस गर्छन् र फूल ब्याट्रि भएपछि जहाँ पनि जान सकिने सोच राख्छन् । यस्तै, आधा वा त्योभन्दा कम ब्याट्री छ भने यसले नकारात्मकता बढाउँछ ।

अनुसन्धानमा संलग्न भएका लण्डनबासीलाई दिन ढल्दै गर्दा आफ्नो फोनको ब्याट्री आइकन हेर्दा कस्तो लाग्छ भनेर सोधियो । जवाफमा उनले भने, ‘फूल ब्याट्री देख्नु सुखद हो र ५० प्रतिशत देख्नु चिन्ताजनक । यस्तै, ब्याट्रि ३० प्रतिशतसम्म पुग्यो भने त चिन्ता थप बढ्दै जान्छ ।’

अनुसन्धानकर्ता यसलाई  उपकरणमाथि बढ्दो निर्भरताको परिणाम बताएका छन् ।

फोनको ब्याट्रिले विभिन्न कुरामा प्रभाव पार्छ । यसमा फोन म्याप, डिजिटल वालेट, डायरी, मनोरञ्जन पनि प्रभावित हुन्छ । डा. रबिन्सन भन्छन्, ‘अनुसन्धानमा हामीले पायौं कि जो व्यक्तिको फोनको ब्याट्रि सधैं फूल रहन्छ उनीहरु योजनाकार र कन्ट्रोलिङ हुन्छन् । ’

यसको विपरित, जो ब्याट्रि चार्ज गर्दैनन् उनीहरु अव्यवस्थित र कुनै पनि काम सही तरिकाले गर्नमा पछि नै पर्छन् ।

शोधका अनुसार जसको फोनको ब्याट्रि कम हुन्छ उनीहरु अरुमा निर्भर हन्छन्, उनीहरको सामाजिक दायरा पनि कम हुन्छ । जो मानिसहरु फोनको ब्याट्रिलाई प्रभावकारी ढङ्गले प्रबन्ध मिलाउन सक्दैनन् उनीहरुले आफ्नो जीवनको पनि प्रबन्ध मिलाउन समस्याको सामना गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप