बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथली चोक र त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरी प्रमुख ढकालको १ घण्टा (फोटोफिचर)

मङ्गलबार, ३१ भदौ २०७६, १३ : ११
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल ‘पिक आवर’को समयमा चोक–चोकमा पुगेर सवारी आवतजावत व्यवस्थापनमा आफै खटिएका छन् ।

मङ्गलबार बिहान व्यस्त रहने ‘अफिस टाइम’को समयमा एसएसपी ढकाल त्रिपुरेश्वर चोक र थापाथली चोकमा ट्राफिक जामको व्यवस्थापन गरिरहेका थिए ।

सिमसिम पानी परिरहेको थियो । छाता ओढेर पैदल यात्रुहरुलाई बाटो काट्न सहज भूमिका निभाइरहेका थिए । र, एसएसपी ढकाल भन्दै थिए, ‘एकछिन पख्नुस् गाडी रोकिएपछि बाटो काट्नुस् ।’

एसएसपी ढकालसँगै थापाथली चोकमा ६–७ जना ट्राफिक जवानहरुले हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहेका थिए । एसएसपी ढकाल आफै फिल्डमा खटिएको केही तस्विरहरु क्यामेरामा कैद गर्यौँ ।

रातोपाटीसँगको कुराकानीमा ट्राफिक प्रहरी प्रमुख भएर आएको दिनदेखि नै आफू फिल्डमा खटिएको एसएसपी ढकालले जानकारी दिए । एसएसपी ढकालले भने, ‘पिक आवर’ को समयमा जति नै ठूलो पानी परे पनि १ घण्टा चोक–चोकमा पुग्ने गर्छु ।’

एसएसपी ढकालले ‘पिक आवर’ को समयमा चोक–चोकमा गएर ट्राफिक जाम व्यवस्थापन गर्दा फिल्डमा खटिएका ट्राफिक प्रहरीलाई सहज वातावरण निर्माण गर्ने बताए ।

यता ट्राफिक महाशाखाका प्रवक्ता एसपी रविकुमार पौडेलले कार्यालय प्रमुख चोक–चोकमा गएर उभिदिए मात्र नि फिल्डमा खटिने ट्राफिक प्रहरीको मनोबल बढ्ने बताए ।

सोही अनुरुप कार्यालय प्रमुख एसएसपी ढकाल ‘पिक आवर’ को समयमा हरेक दिन १ घण्टा चोक–चोकमा पुग्नुहुन्छ,’ प्रवक्ता पौडेलले रातोपाटीसँगको कुराकानीमा भने । 

कार्यालय प्रमुख चोक–चोकमा पुग्न थालेपछि महाशाखा मातहतका प्रभागका कार्यरत ट्राफिक प्रहरीको पनि सक्रियता बढेको एसपी पौडेलले जानकारी दिए । 

तस्बिरमा हेर्नुहोस् थापाथली चोक र त्रिपुरेश्वर चोकमा एसएसपी ढकालको १ घण्टा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप