गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु
मङ्गलबार, ३१ भदौ २०७६, १४ : २७
बुटवल– गुल्मीमा भिरबाट खसेर २ जनाको मृत्यु भएको छ । भिरवाट खसेर मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका १ थामका ४३ वर्षीय वीरवहादुर केसी र मदाने गाउँपालिका ५ मलागिरीका नरे सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र सिहं खड्काले जानकारी दिए । मदाने ५ मलायगिरीका सार्की घास काट्ने क्रममा भिरवाट खसेको परिवारको भनाई रहेको छ ।
त्यस्तै मुसिकोट १ का केसी सामान किन्न पसल गएको तर घर नर्फकेपछि खोज्ने क्रममा मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक दुबैजनाको शवलाई जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम गरि आज नै परिवारको जिम्मा लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान