शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

असोज ६ गते ओपोको ए नाइन २०२० सार्वजनिक हुँदै

मङ्गलबार, ३१ भदौ २०७६, १५ : ४२
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्ट फोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ ।

कम्पनीले नेपालमा “ए नाइन २०२०” यही असोज ६ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । ए नाइन २०२० का साथै कम्पनीले सोही दिन “एफ फाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी दिएको छ । 

सार्वजनिकको तयारीमा रहेका “ए नाइन २०२०” र “ए फाइभ २०२०” दुबै मध्यम वर्गीय स्मार्ट फोन बजार लक्षित उत्पादनहरु हुन् । तथापी, अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दुबै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएका छन् ।

फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दुबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२० ले बहुआयामिक उपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेष गरी, जेनरेशन जी युवा वर्ग लक्षित छन् ।

उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९मा पहिलो ए सिरज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनीय मौखिक लोकप्रियता पाइरहेको छ ।

ओपो ए नाइन २०२० 

ओपो ए नाइन २०२०मा उपलब्ध गरिएको ४८एमपी अल्ट्रा(वाइड(एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । 

यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथा तिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्छ ।

भिडियो शुटिङ पनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोर के भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझ जीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधि मार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् ।

१९ घण्टासम्म लगातार मोबाइल प्रयोगकको सुविधा दिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्न सघाउँछ । 

ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाज दिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चक आवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्ट पनि उपलब्ध गरिएको छ । यसले भिडियो, गेमिङ लगायत कार्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मिल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप