शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दराजको दशैं धमाकाः  सामानसँगै खुशियाली डेलिभर

मङ्गलबार, ३१ भदौ २०७६, १८ : ५०
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं– दशैंमा खुशियाली डेलिभर गर्ने बाचा लिएर नेपाल को बृहत अनलाईन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो सेल–दराज दशैं धमाका लिएर आएको छ । यो धमाकेदार अभियान यहि भदौ २९ देखि असोज १३ सम्म हुने भएको छ । 

यस अभियान अन्तर्गत उपभोक्ताहरुले ६०% सम्मको छुट भएको मेगा डिल्स्, दशैं दक्षिणा, मिस्ट्री बक्स, कलेक्टिबल भउचरहरु, गेम जोन, तथा अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् । 

उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउनु दराजको प्राथमिकता हो । त्यसैले दराजले लोकप्रिय शेक शेक गेम फेरी यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताहरुले २८–३० भदौ  र ३–५ असोज को बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र दराज एप खोलि आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ ।

दशैं को उपलक्षमा दराज ले महा बम्पर उपहार पनि लिएर आएको छ । लक्की ड्र मार्फत एक भाग्यशाली उपभोक्ताले नयाँ टीभीएस अपाचे आरटीआर १६० ४भी  जित्ने मौका पाउनेछन । 
लक्की ड्र मा भाग लिन उपभोक्ताहरुले भदौ २९ देखि असोज १३ को बीच मा दराज मा शपिङ गर्नुपर्नेछ । यस लगायत उपभोक्ताहरुले अन्य धेरै उपहार पनि जित्न सक्नेछन् । 

दराजको यस दशैं अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, ‘दशैं भनेको वर्षकै सबै भन्दा ठुलो शपिङ सिजन हो । अनलाईन प्लेटफर्म हुनुका कारण हामी यस दशैँ धमाका अभियानद्वारा उपभोक्ताहरुलाई घरै बसी तथा चाडपर्व सुरु हुनु अघिनै दशैँको किनमेल गर्न पाउने सहज सुविधा प्रदान गर्नेछौं ।’

बैंकिङ्ग सहयात्री बाट पाइने अतिरिक्त छूटहरु  

उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन दराज ले ७ ठुला बैंकहरु सँग मिलि थप छूटहरु लिएर आएको छ । उपभोक्ताहरुले दराजको ७ बैंकिङ्ग पार्टनरहरु नविल बैंक, स्टान्डर्ड चार्चर्ड बैंक, मेगा बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक र एनआईसी एशियाका डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २०% अथवा २५०० सम्मको छूट पाउनेछन् । 

यदी उपभोक्ताहरु सँग उक्त बैंकहरु को कार्ड छ तर अनलाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी सुचारु गर्न सकिन्छ । 

दराजले दशैमा टप ब्रान्डहरुमा दामी डिल्स् अफर पनि ल्याएको छ । 

यस अभियान मा संयुक्त सहयात्री ब्रान्डहरु मध्ये TVS, Xiaomi, Samsung, Vianet, Samsara Holidays, Huawei, Sony, LG, Home Glory, Adidas, Vans, Sonam Gears, Mantra, Bishesh Creations, Lego, Technic, Juas, Rangoli and Aamayra Fashion House पर्दछन् । यी सबै ब्राण्डहरुको  विभिन्न उत्पादन हरुमा ६०% सम्मको छूट रहेको छ ।  

दराज दशैं धमाका अन्तर्गत अन्य धेरै तथा छुटाउन नहुने अफरहरु मध्ये सम्सारा को बालि, दुबई, इजिप्ट का होलिडे प्याकेजहरु पनि पर्दछन् ।  साथै TVS NTORQ Scooters, Hitachi 43” Smart TVs, Vianet packages, MI Phones, Mantra Nepal Travelling Guitar, Sonam Gears, Adidas का उत्पादनहरु तथा अन्य घरायसी समानहरुमा पनि आकर्षक छूटहरु रहेका छन् ।

यसका साथै अब दराज मा गाडी पनि किन्न मिल्नेछ । दराजले यस दशैँ को उपलक्ष्यमा सबैभन्दा सुलभ मूल्यमा टाटा टियगो गाडी लिएर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप