शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एघार दिनदेखि १८ सय घरधुरी अन्धकारमा, विद्युत् पुनः निर्माण अन्तिम चरणमा

मङ्गलबार, ३१ भदौ २०७६, १९ : ०६
मङ्गलबार, ३१ भदौ २०७६

हुम्ला– हुम्लाlको सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकालाई सेवा दिँदैआएको हेल्दुम वितरण केन्द्रले विद्युत् पुनः निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ । 

गएको भदौ २० गतेबाट वितरण केन्द्रले नयाँ पेनस्टक पाइप परिवर्तन गर्ने र नहर मर्मत गर्ने भन्दै विद्युत् बन्द गरेको छ । पेनस्टक पाइप बदली कार्य अन्तिम चरणमा पुगेको छ भने नहर मर्मत गर्ने काम धमाधम चलिरहेको छ । ६३ मिटर नयाँ पेनस्टक पाइप जडान गर्ने कार्य उपभोक्ता समितिबाट ८० प्रतिशत कार्य सकिएको उक्त आयोजनाका इञ्जिनियर दावाजाङ्मु शेर्पाले बताए ।
विद्युत्गृहदेखि माथि ११ वटा पेनस्टक पाइप जडान गरिएको हेल्दुम वितरण केन्द्र उपभोक्ता समितिका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिए । निर्माणस्थलमै रहेका २६ वटा पाइप जडान गर्नुपर्नेमा ११ वटा जडान गरिसकेको र बाँकी १५ वटा बुधबार बिहानसम्म जडान गरिसक्ने अध्यक्ष रोकायाले बताए । विद्युत् पुनः निर्माणमा उपभोक्ता समितिले नयाँ पेनस्टक पाइप बदली गर्ने कार्य अन्तिम चरणमा पु¥याएको छ । उनका अनुसार दुई÷तीन दिनसम्ममा उपभोक्ताको सबै काम सम्पन्न हुनेछ ।

नहर मर्मत र ग्याबिनको ठेक्का पाएको आङ्गजुकलामा भने अबको तीर÷चार दिनमा काम सकेर विद्युत्गृह रहेको पाइप नहरमा पुग्ने बित्तिक्कै जडान कार्य पूरा गरेर विद्युत् आपूर्ति शुरु हुनेछ । ठेकेदार र उपभोक्ता समितिले चाँडै बत्ती बाल्ने प्रयास गरे पनि कामदाहरु भने अझै एक हप्तासम्म लाग्ने अनुमान गर्छन् । असोज ५ गतेसम्म परीक्षण प्रसारण गर्ने तयारी आयोजनाले गरेको छ ।

एउटै मेशिनले काम गर्छ

विद्युत्गृहमा रहेका दुई वटा मेशिनमध्ये एउटा मेशिनले काम गर्न छोडेको छ । वितरण केन्द्रले पुनःनिर्माण गरे पनि एउटा मेशिनले काम नगर्दा जिल्लाका सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० घरधुरीका सेवाग्राहीले उही पुरानै अँध्यारोको दुःख खेप्नुपर्ने अवस्था रहेको छ । विद्युत्गृहमा रहेका दुई मेशिनमध्ये एक मेशिनका सामग्री नै नभएको त्यहाँका कर्मचारीले बताएका छन् । दुवै मेशिनका पार्टपुर्जा पूरा नहुँदा हिउँदको समयमा सदरमुकामवासीले विगतका वर्षजस्तै लोडसेडिङको सामना गर्नुपर्ने अवस्था रहेको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहेका सामग्रीबाट करीब १५ वर्षदेखि काम चलाईँदै आएको छ । वितरण केन्द्रको चरम लापरवाहीका कारण सेवाग्राहीले अझै सास्ती खेप्दै आउनुपर्ने अवस्था छ । 
यही भदौ २० गते शुक्रबारदेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा सदरमुकामसहित सिमकोट र खार्पनाथ गाउँपालिकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । केही वर्ष अघिदेखि फुटेका पाइपलाई ठाउँठाउँमा वेल्डीङ (टालटुल) गरेर काम चलाउँदै आइएको थियो । आयोजना प्रमुख र वितरण केन्द्र प्रमुखको चरम लापरवाहीका कारण विद्युत् आयोजना समयमै मर्मत नहुँदा उपभोक्ता मारमा परेका हुन् । 
ठेक्का प्रणालीबाट निर्माण गरिएको हिल्दुम साना जलविद्युत् आयोजनाको चिनियाँ कम्पनीसँग २०५८ पुसमा ठेक्का सम्झौता भएको थियो भने २०६५ साल जेठ १४ गतेबाट आयोजना सञ्चालनमा आएको थियो  । दश दिन विद्युत् आपूर्ति नहुँदा जिल्लामा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयलगायत उद्योग, पसल व्यवसायीले भने निकै समस्या भोग्नुपरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप