आलियासँगको किस सिनका कारण सलमानले छोडे भन्सालीको फिल्म
मुम्बई– केही अगाडि फिल्म इन्सा अल्लाह घोषणा भएको थियो । लगतै उक्त फिल्मका लागि मुख्य कलाकार अभिनेता सलमान खान र अभिनेत्री अलिया भट्ट फाइनल भए ।
फिल्ममा सलमान र आलियाको जोडी रहने भएपनि दुबैका फ्यान खुसी नहुने त कुरै भएन नि । तर अहिले सलमान खानले फिल्म छोडेको खबर बाहिरिएको छ । आगामी नयाँ बर्षको इदमा रिलिज बताइएको फिल्म सलमानले छोडेको खबरले उनका फ्यान दुखी भएका छन् ।
सलमानले फिल्म छोड्नुको पछाडी निर्देशक सञ्जय लीला भन्सालीसँगको मनमुटावको खबर बाहिर आएको थियो । तर अहिले सलमानले फिल्म छोड्नुको कारण निर्देशक भन्साली नभएर आलिया भएको खबर बाहिर आएको छ ।
खबरका अनुसार आलिसँग इन्टिमेट सिन भएका कारण सलमानले फिल्म छोडेका हुन् । किनभने सलमानले फिल्मका लागि आलियासँग किश गर्न इन्कार रहेका थिए । हुन त सलमानले फिल्मबाट लिप लोेप किस सिन हटाउन अनुरोध पनि गरेका थिए । तर निर्देशक भन्सालीले उनको प्रस्ताव अस्वीकार गरेका थिए ।
यस अगाडि सलमानले २० बर्ष पहिले भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
-
आईपीएलमा मुम्बईको तेस्रो जित, पन्जाब ९ रनले पराजित
-
ड्यालसमा नवाह महायज्ञ सम्पन्न, मन्दिर निर्माणको लागि ३३ लाख डलर सहयोगको प्रतिबद्धता
-
भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै