शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप बंगलादेशमा

मङ्गलबार, ३१ भदौ २०७६, २३ : ०३
मङ्गलबार, ३१ भदौ २०७६

काठमाडौं- दक्षिण एसियाको सवैभन्दा ठैलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण फेरि बंगलादेशमा हुने भएको छ । यसअघि पाकिस्तानमा गरिने तय भएको च्याम्पियनसिप बंगलादेशमै आयोजना गरिन लागिएको हो । मलेसियामा सम्पन्न साफ कार्यसमितिको बैठकले साफ सन् २०२० को सेप्टेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो ।

बंगलादेशमै भएको साफको अघिल्लो संस्करण भारतलाई हराउँदै माल्दिभ्सले जितेको थियो । साफ बैठकमा नेपालबाट साफका उपाध्यक्ष मणि कुँवर र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले गाग लिएका थिए । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिप फुटबल जित्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप