शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हारबाट जोगियो बार्सिलोना

बुधबार, ०१ असोज २०७६, ०९ : ३१
बुधबार, ०१ असोज २०७६

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ ।

घरेलु मैदानमा मंगलबार राति खेलभर गोल गर्ने राम्रो अवसर बनाएपनि डर्टमन्डको प्रयास सफल हुन सकेन । डर्टमन्डको प्रयासमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगन बाधक बनेका थिए । डर्टमन्डको पेनाल्टीलाई पनि स्टेटनले डाइभ गर्दै विफल पारेका थिए ।

घरेलु समर्थकमाझ निकै राम्रो प्रदर्शन गरेको डर्टमन्टले अन्तमा बराबरीमा चित्त बुझायो । कप्तान लियोनल मेस्सीलाई दोस्रो हाफमा उतारेको बार्सिलोनाले यस खेलमा १६ बर्षीय अन्सु फातीलाई पहिलो रोजाईमा मौका दिएको थियो । फातीले च्याम्पियन्स लिग खेल्ने बार्सिलोनाका सबैभन्दा कान्छा खेलाडीको किर्तिमान पनि रचे । फातीलाई दोस्रो हाफमा मेस्सीले परिवर्तन गरेका थिए । चोटाका कारण लामो समयपछि मैदान छिरेका मेस्सीले खासै प्रभाव देखाउन सकेनन् ।

बराबरीसँगै समूह ‘एफ’ मा रहेको बार्सिलोना र डर्टमन्डले एक–एक अंक बनाएका छन् । यही समूहको अर्को खेलमा इन्टर मिलान र स्लाभिया प्रागले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा पाहुना टोली स्लाभियाले ६३औं मिनेटमा सुरुवाती गोल गरेको थियो स्लाभियाका लागि पिटर ओलायिन्काले गोल गरे । त्यसपछि इन्जुरी समयमा इन्टरका निकोलो बरेल्लाले रिवाउन्ड बलमा बराबरी गोल फर्काएका थिए । बराबरीसँगै इन्टर र स्लाभियाले पनि एक एक अंक बनाएका छन् ।

यसैगरी समूह ‘जी’ को अर्को खेलमा पाहुना टोली लेइपजिजले बेन्फिकालाई उसैको मैदानमा २–१ गोलले हरायो । यही समूहको अर्को खेलमा लियोन र सेन्ट पिटर्सबर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप