शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोर्नहबले ‘रिभेन्ज पोर्न’ बाट कमाइरहेको छ भारी नाफा

बुधबार, ०१ असोज २०७६, १० : १९
बुधबार, ०१ असोज २०७६

संसारको सबैभन्दा ठूलो पोर्न वेबसाइट ‘पोर्नहब’ का मालिकले ‘रिभेन्ज पोर्न’ मार्फत् राम्रो कमाई गरिरहेको छन् र उजुरी गर्दासमेत यस्ता भिडियो हटाइरहेका छैनन् । यो जानकारी बीबीसीले प्राप्त गरेको छ ।

 रिभेन्ज पोर्नको अर्थ कुनै व्यक्तिको सहमती बिना उसको निकै निजी अंतरंग तस्बिर र भिडियोलाई अनलाइन वा कुनै अन्य तरिकाले फैलाउनु हो । यसको उद्देश्य ती व्यक्तिलाई तनाव दिनु वा बेइज्जत गर्नु हो ।

यस्तो गर्ने ती महिलाका पूर्व साथी नै हुन्छन् तर धेरै पटक यस्ता कुराहरु पीडितको डिजिटल आर्काइभ वा आइ–क्लाउडबाट पनि चोरिन्छन् ।

एक महिला ‘सोफी’ ले उनको यस्तै भिडियो पोर्नहब वेबसाइटमा राखिएको बताइन् । जब उनलाई भिडियो लाखौंले हेरिसकेका छन् भन्ने थाहा भयो तब उनलाई ठूलो धक्का लाग्यो ।

अभियान समूह ३ल्यतथ्यगचएयचल का अनुसार यस्ता सामग्रीले पोर्नहबका मालिक माइंडगीकले अत्यधिक विज्ञापन पाउँछन् जसका कारण उनको भव्य कमाई हुन्छ ।

 यद्यपि, पोर्नहबले आफूहरुले रिभेन्ज पोर्नको ‘कडा निन्दा’ गर्ने बताएको छ ।

वेबसाइटले भनेको छ, ‘हाम्रो एन्टी रिभेन्ज पोर्न पोलिसी पूरा उद्योगभरीको सबैभन्दा कडा छ ।’

कम्पनीले सोफीले आफ्नो भिडियो हटाउनको लागि पठाएको कुनै पनि मेल नपाएको बताएको छ । तर उनी अहिले सम्पर्कमा भएको र यसलाई सुल्झाउनका लागि मिलेर काम भइरहेको जानकारी कम्पनीले दिएको छ ।

Photo: Getty Image

‘अचम्मित र लज्जित’

सोफी (परिवर्तित नाम) ले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘ १८ महिना अघि एकदिन आफ्नो परिवारसँग घुम्न गएकी थिएँ जब मैले समय पाएँ तब मिस्ड कल र मेसेज हेर्नका लागि फोन चेक गरेँ ।’

उनकी बहिनीले मेसेजमा जे लेखिन् त्यो देखेर उनको होश उड्यो । बहिनीले मेसेजमा लेखेकी थिइन्, ‘मेरा प्रेमीले पोर्नहबमा तिम्रो केही भिडियो देखे । तीमध्ये एउटा भिडियो टप १० चार्टमा पुगेको थियो र लाखौंले त्यो हेरिसकेका छन् ।’

सोफी भन्छिन्, ‘त्यतिबेला म निकै अचम्मित, लज्जित र दुःखी भएको थिएँ ।’

सोफीले आफ्ना पूर्व साथीसँग ६ वटा भिडियो बनाएकी थिइन् । तर उनीहरु थुप्रै वर्ष अघि अलग्गिएका थिए । सोफीले कसैलाई पनि ती भिडियो अनलाइनमा हाल्न सहमती दिएकी थिइनन् ।

उनलाई आफ्नो भिडियो पोर्नहबमा भएको थाहा भएपछि त्यसको एक हप्ता भित्र हटाइएको थियो ।

तर त्यतिबेलासम्म कसैले उनको भिडियो डाउनलोड गरेर करिब सयवटा भिडियो क्लिप बनाएको थियो र त्यसलाई पुनः वेबसाइटमा अपलोड गरिदिएको थियो ।

तर सोफीले यसबारे वेबसाइटलाई उजुरी दिँदा उनका अनुसार त्यहाँबाट उनले ‘खासै सहयोग पाइनन् ।’

सोफीलाई अरु कुनै कम्पनीसँग सम्पर्क गर्न भनियो जुन पोर्नहबबाट भिडियो हटाउने अनुरोध ह्यान्डल गर्छ । तर सोफीका अनुसार उनले त्यहाँबाट पनि कुनै जवाफ पाइनन् ।

उनी पुलिसकोमा पनि गइन् । अहिलेसम्म कसैमाथि पनि मुद्दा दर्ता भएको छैन ।

३ल्यतथ्यगचएयचल सँग सम्बन्धित केट भन्छिन्, ‘पोर्नहबमा रिभेन्ज पोर्नलाई ‘अनुभवविहिन मानिसहरुद्वारा बनाइएको’ वा ‘घरमा नै सुट गरिएको’ सामग्रीको रुपमा पेश गरिन्छ । उनका अनुसार यी दुई प्रकारका भिडियो निकै लोकप्रिय छन् र त्यसबाट वेबसाइटले निकै विज्ञापन पाउँछन् ।’

सोफी भन्छिन्, ‘वेबसाइटले कुनै भिडियो रिभेन्ज पोर्न हो भन्ने थाहा पाउने बित्तिकै त्यो हटाउनुपर्छ ता कि मानिसहरुले त्यो डाउनलोड गरेर पुनः अपलोड गर्ने मौका नपाउन् ।’

‘मेरो परिवारमा यसको असर’

सोफीलाई उनको भिडियो अनलाइनमा आएको छ भन्ने जब थाहा भयो तब उनी नयाँ सम्बन्धमा आइसकेकी थिइन् । यो घटनाले उनका नयाँ सम्बन्धलाई असर पुर्याएको छ । उनका नयाँ साथी र उनीबीच तनाव पैदा भएको छ ।

सोफीले भनिन्, ‘मेरा प्रेमीका साथीहरुले पोर्नहबमा राखिएका मेरो भिडियोका कारण उनको मजाक उडाउँथे ।’

सोफीका एक किशोर छोरा पनि छन् । सोफीका अनुसार भिडियोबारे पत्ता लागेपछि छोराको पनि उनीप्रतिको व्यवहार परिवर्तन भएको छ ।

पोर्नहबका उपाध्यक्ष कोरी प्राइसले भने, ‘जुन सामग्री हाम्रो कम्पनीको पोलिसीको उल्लंघन गर्छ त्यसबारे पत्ता लागेपछि हामी तुरुन्त हटाइदिन्छौं । कसैको सहमती बिना अनलाइनमा राखिने भिडियोमध्ये यो पनि एक हो ।’

उनले भने, ‘सन् २०१५ मा आफ्ना प्रशंसकको सुरक्षालाई थप सुनिश्चित गर्नका लागि हामीले रिभेन्ज पोर्नविरुद्ध आधिकारिक रुपमा कडा कदम उठायौं । हामी मान्छौं कि रिभेन्ज पोर्न यौन उत्पीडनको एउटा रुप हो । मानिसहरुले एउटा सजिलो फर्म भरेर बिना सहमतीको भिडियो हटाउन सक्छन् ।’

‘हामी एक अत्याधुनिक थर्ड पार्टी डिजिटल फिंगरप्रिन्ट सफ्टवेयरको पनि प्रयोग गर्छौं । यो सफ्टवेयरले नयाँ भिडियो स्क्यान गरेर कुनै अनाधिकृत सामग्रीसँग मेल त खाँदैन भनेर हेर्छ । यसमा हामी यो पनि सुनिश्चत गर्छौं कि आरिजिनल भिडियो पुनः वेबसाइटमा नहालियोस् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप