बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने

बुधबार, ०१ असोज २०७६, ११ : १०
बुधबार, ०१ असोज २०७६

 लिस्बन -  नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने भएको छ। ६ फेब्रुअरी १०१७ मा नेपाल चेम्बर्स अफ कमर्सले पोर्चुगलका लागि शुम्भु गौतमलाई आफ्नो प्रतिनिधि तोके पनि अहिले सम्म कार्यसमिति गठन हुन सकेको थिएन । तर अब दशैंको अवसर पारेर शुभकामना आदान-प्रदान सहित एक  कार्यक्रमको आयोजना गरि कार्यसमिति घोषणा गरिने कुराको जानकारी प्रतिनिधि शम्भु गौतमले जानकारी दिएका छन् ।
 
गौतमका अनुसार ''पोर्चुगलको विभिन्न क्षेत्रमा रहेर विभिन्न ब्यबसायमा सक्रिय रहेका नया पुराना ब्यबसायीहरुलाई समेटेर कार्यसमिति गठन गर्न लागिएको हो र कार्यसमति गठन पश्चात नेपालको हित हुनेगरी आयात, निर्यात तथा पर्यटन क्षत्रमा ठूलो टेवा पुग्ने कुराको आशा गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप