बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले आजको संसद बैठक पनि अवरोध गर्ने !

बुधबार, ०१ असोज २०७६, ११ : ३९
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– नेपाली काँग्रेसले आज बस्ने संसद बैठक चल्न नदिने भएको छ ।

 जागरण अभियानका क्रममा नेपालगञ्जमा गत साता भएको आक्रमण र त्यसमा संलग्नहरुलाई कारवाही गर्न सरकारले वेवास्ता गरेको भन्दै काँग्रेसले सोमबारको बैठक पनि अवरोध गरेको थियो । 

घटनाका विषयमा गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जवाफ दिएपनि काँग्रेसले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै बैठक अवरुद्ध गर्दै आएको छ । 

‘आजको बैठक चल्ने नचल्ने सरकारमा निर्भर पर्छ । हामी चित्तवुझ्दो जवाफ आओस् भन्ने पक्षमा छौ’ नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भूषालले रातोपाटीसँग भनिन् ‘ हामीले हाम्रो निर्णय परिवर्तन गरेका छैनौँ ।’ सरकारले भने एकपटक जवाफ दिइसकेकाले अब पुनः सोही घटनालाई लिएर फेरि अर्को जवाफ दिन जरुरी नभएको बताएको छ । 

यसैबीच संसद बैठक अघि काँग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठकमा सरकारको प्रतिपक्षलाई पेलेरै जान खोज्ने प्रवृतिविरुद्ध  कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्ने काँग्रेसले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप