मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कुल खानदान’ तिर लागे शोभित बस्नेत

बुधबार, ०१ असोज २०७६, ११ : ५६
बुधबार, ०१ असोज २०७६

काठमाडौं – दुई दर्जन बढी फिल्म निर्देशन गरेका शोभित बस्नेतको पछिल्लो समय कुनै पनि फिल्म आएको छैन । ब्यवसाय दिन प्रतिदिन ओरालो लाग्दो भएको कारण आफुले आफुले फिल्म नगरेको उनले बताउदै आएका छन् ।

फिल्म नगरे पनि शोभित भने फुर्सदमा बसेका छैनन् । उनी अहिले पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ तिर लागेका छन् । पारिवारीक बिषयबस्तुमा उनले यो श्रृखला निर्माण गरेका हुन् । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिए ।

पारिवारिक जीवनको आरोहअबरोहको बिषय समेटिएको सिरियलमा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारी र  नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकायको मुख्य भुमिका रहेको छ । 

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेको लेखेन रहेको टेलिसिरियल ‘कुल खानदान’लाई फिल्मी भब्यता दिएर निर्माण गरिएको निर्देशक बस्नेतले बताए । उनी ‘कुल खानदान’ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप