संघीय संसदको अब आफ्नै भवन, प्रधानमन्त्रीद्वारा शिलान्यास (फोटोफिचर)
काठमाडौँ । सिंहदरबारमा संघीय संसदको आफ्नै भवन बन्ने भएको छ । प्रधानमन्त्री केपी आलीले बुधबार सिंहदरवारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । पुतली बगैंचामा संसद भवन बनाउने गरी शिलान्यास
गरिएको हो । शिलान्यासलगत्तै निर्माण कार्य सुरु गर्ने शहरी विकास मन्त्रालयले जनाएको छ । उक्त भवन निर्माणको लागत झण्डै १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे तीन वर्षमा भवन तयार हुने मन्त्रालयले जनाएको छ ।
यस्तो बन्दैछ आधुनिक संसद भवन
संघीय संसदको आफ्नो भवन नहुँदा भाडामा रहेको भवनमा बैठक बस्दै आएको छ । सिंहदरबारभित्रको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएर चल्दै आएको छ ।
सङ्घीय संसद् भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ ।
भवनको दायाँ भागमा राष्ट्रियसभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ । संसद् भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७ सयवटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहनेछन् ।
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण एकाईका संयोजक प्रकीर्ण तुलाधरका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँढिएको छ । पुतली बगँैचाको १ सय ७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावटले लिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन अंकले घटेर सेयर बजार बन्द, २ अर्ब ३६ करोडको कारोबार
-
श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु