बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतभर हिन्दी भाषा लागू गर्न सकिदैन : ‘सुपरस्टार’ रजनीकान्त

बुधबार, ०१ असोज २०७६, १४ : २५
बुधबार, ०१ असोज २०७६

नयाँदिल्ली ।  अभिनेता रजनीकान्तले बुधबार पत्रकारको प्रश्नमा भारतभर एउटै साझा भाषा लागू गर्न सम्भव नहुने बताएका छन् । 

उनले त्यस्तो प्रयास भएमा दक्षिणी राज्यहरुले मात्र होइन उत्तरकै कयैन राज्यले विरोध गर्ने बताए । 

केन्द्रीय गृहमन्त्री अमित शाहले हालसालै हिन्दीलाई साझा भाषाको रुपमा प्रस्तुत गरेपछि भारतका विभिन्न तप्काबाट पक्षविपक्षमा टिप्पणी आएका छन् । 

त्यस श्रृङ्खलामा राजनीति दल पनि खोल्ने इच्छा देखाएका रजनीकान्तको यस्तो टिप्पणी आएको हो ।  

‘सुपरस्टार’ उपमा पाएका रजनीकान्तले भारतमा ‘दुरभाग्यवस’ एउटै साझा भाषाको अवधारणा सम्भव नभएकाले हिन्दीलाई लाद्न नहुने बताए । 

‘भारतलाई मात्र होइन जुनसुकै देशमा एउटै साझा भाषा हुनु राम्रो हो । दुरभाग्यवास हाम्रो देशमा त्यो लागु गर्न सकिदैंन । त्यसैले कुनै पनि भाषा लाद्न सक्नुहुदैन ,’ उनले चेननईको विमानस्थलमा बोल्ने क्रममा भने । 

‘यदी तपाईले हिन्दीलाई एकल राष्ट्र भाषाको रुपमा लागु गर्नु भयो भने तलिम नाडूले मात्र होइन कुनै पनि दक्षिणी राज्यले त्यसलाई स्वीकार्दैनन् । उत्तरी भागका धेरै राज्यले पनि यसलाई स्वीकार्ने छैनन् ,’ उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप