शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको स्वयम्भुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा युवकको मृत्यु

बुधबार, ०१ असोज २०७६, १५ : ३९
बुधबार, ०१ असोज २०७६

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ स्थित अन्नपूर्ण चोकमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ बा ३ ख १८३३ नम्बरको यात्रुवाहक बसले बा ९८ प २७१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सानो भर्याङ निवासी मोटरसाइकल चालक २० वर्षीय सम्मान भट्टको मृत्यु भएको हो ।

बसका चालक तारकेश्वर–४ नुवाकोट स्थायी घर भएका खडानन्द अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको र सवारी ज्यान मुद्दामा कारबाही चलाइएको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी नायब उपरिक्षक (डीएसपी) लालध्वज सुवेदीले बताएका छन् । 

मृतक भट्टको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप