शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्स्प्रेसको ‘लखपति एक्सप्रेस २०७६- न यति न उति सिधै लखपति’

बुधबार, ०१ असोज २०७६, १६ : ०३
बुधबार, ०१ असोज २०७६

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ९० दिन सम्म चल्ने ‘लखपति एक्सप्रेस २०७६-न यति न उति सिधै लखपति’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक १० जनाले २ सय को मोबाइल टप अप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा १ जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनालाई १ लाख उपहार प्रदान गरिने छ । 

उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार १० लाख जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो ‘लखपति एक्सप्रेस २०७६ -न यति न उति सिधै लखपति’ अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप