१ लाख धरौटीमा छुटे गृहमन्त्रीका भाइ नरेश
बुधबार, ०१ असोज २०७६, १९ : ०३
काठमाडौं – गहृमन्त्री रामबहादुर थापा (वादल)का साइला भाइ नरेश थापा १ लाख धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश मोदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहसपछि थापालाई १ लाख धरौटीमा रिहा गरेको उनका तर्फबाट बहस गरेका अधिवक्ता मनिसकुमार श्रेष्ठले जानकारी दिए ।
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा थापा पक्राउ परेका थिए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।
उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी थियो । समीरले फिरौती संकलनमा रहेको आरोपमा नरेश अनुसन्धानमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
‘सादा पोशाकको प्रहरी हौँ’ भनेर लुटेको आरोपमा दुई जना पक्राउ
-
सत्ता गठबन्धनमा कुनै समस्या छैन : रवि लामिछाने