बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपामा ‘सी–पथ’: स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने

बिहीबार, ०२ असोज २०७६, ०६ : २१
बिहीबार, ०२ असोज २०७६

नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ । 

असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी भएको विभागका प्रमुख ईश्वर पोखरेलले बताए । 

सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शानिबार नेपाल आउँदैछन् । 

त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरुको वैचारिक रानीतिक कार्यपत्र प्रस्तुत हुने नेपकपा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप