बराबरीमा रोकियो युभेन्ट्स
इटालियन च्याम्पियन युभेन्ट्स च्याम्पियन्स लिगको पहिलो खेलमै बराबरीमा रोकिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग २–२ गोलको बराबरीमा रोकियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चारै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
युभेन्ट्सका जुवान कोर्डाडोले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा ब्लेइस म्याथुडीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । युभेन्ट्सको लगातार दुई गोलपछि जोसिएको एट्लेटिकोले ७०औं मिनेटमा पहिलो गोल फर्काएको थियो । एट्लेटिकोका स्टेफन सेभिकले पहिलो गोल गरे । त्यसपछि ९०औं मिनेटमा हेक्टर हेरेराले गोलगर्दै लेललाई बराबरीमा ल्याएका थिए ।
समूह ‘डी’ मा रहेको युभेन्ट्स र एट्लेटिकोले बराबरीसँगै एक एक अंक बाँडेका छन् । यही समुहको अर्काे खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनलाई २–१ गोलले हराएको छ । जितसँगै समूहमा तीन अंक बनाएको लोकोमोटिभ मस्को शीर्ष स्थानमा छ । अंकविहिन लिभरकुसेन अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत
-
टीआरसीमा कांग्रेस लचिलो नहुने नेता शेखर कोइरालाको स्पष्टोक्ति
-
सरकारद्वारा अपाङ्गता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन
-
उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा