बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षे अधिवेशनको अन्त्यको तयारी, प्रधानमन्त्रीलगायत शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

बिहीबार, ०२ असोज २०७६, १० : ५०
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । संसद्को चालू वर्षे अधिवेशन साढे तीन महिनापछि बिहीबार अन्त्य हुँदैछ । बिहीबारै संसदको दोस्रो बैठक बसेर अधिवेशन अन्त्यको घोषणा गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

बिहीबार बस्ने पहिलो संसद बैठकमा २ वटा विधेयक पारित गर्ने तयारी छ । त्यसलगत्तै दोस्रो बैठक बस्नेछ । जसमा प्रधानमन्त्री तथा प्रमुख दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । त्यस्तै बैठकमा सभामुख कृष्ण बहादुर महराले अधिवेशनमा भएगरेका कामहरुबारे संक्षिप्तमा जानकारी गराउनेछन् ।

वर्षे अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही विधेयक पारित भएका छन् । 

प्रधानमन्त्रीले सम्बोधन गर्ने

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसद्का दुवै सदनलाई सम्बोधन गर्दैछन् । दिउँसो साढे दुई बजे बस्ने प्रतिनिधी सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जाकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले समसामयीक विषय तथा सरकारको कामकारबाहीप्रति सांसदहरुले उठाएका जिज्ञासाको समेत जवाफ दिने तयारी भएको संयोजक अधिकारीले बताए । यसअघि गत भदौ १ गते प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सिंगापुरमा उपचार गराएर फर्किएपछि आजको बैठकमा सम्बोधन गर्न लागेका हुन् । आजको बैठकमा शून्य र विशेष समय हटाइएको जानकारी बुधबारै सभामुख कृष्णबहादुर महराले जानकारी दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप