शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधान दिवसमा पुरानो मेडिकल कलेजले ओपिडी सेवा निःशुल्क गर्ने

बिहीबार, ०२ असोज २०७६, १३ : १३
बिहीबार, ०२ असोज २०७६

चितवन– चितवन  कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ । 

अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन 
(ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो । 

विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ ।  अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो । 

हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषण उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्र्तगत सवभिन्न काम गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप