बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा पौडी खेल्न गएकी बालिकाको दिमाग अमिबाले खायो, भयो मृत्यु

बिहीबार, ०२ असोज २०७६, १३ : १९
बिहीबार, ०२ असोज २०७६

अमेरिकाको टेक्सासकी एक १० वर्षे बालिका नदीमा पौडी खेल्न जान्छिन् र त्यसको केही दिन पछि उनको मृत्यु हुन्छ । यो घटनाले पूरा अमेरिकामा हलचल मच्चिएको छ ।

टेक्सासमा बस्ने १० वर्षकी लिली यसै महिना लेबर डेको छुट्टीमा एउटा नदीमा पौडी खेल्न गएकी थिइन् । तर त्यहाँबाट फर्किएदेखि नै उनको टाउको दुख्न थाल्यो र पछि बेस्सरी ज्वरो आयो ।

अस्पतालमा भर्ना भएपछि लिली कोमामा गइन् । डाक्टरलाई परीक्षणपछि  लिलीको दिमागमा दिमाग खाने अमिबा प्रवेश गरेको थाहा भयो । जसले भित्र भित्रै उनको दिमाग खाइरहेको थियो । अनुसन्धानपछि थाहा भयो कि ती बालिकालाई नेगलेरिया फाउलेरीका कारण ब्रेन इन्फेक्सन भएको थियो । यो यस्तो अमिबाका कारण भएको थियो जसले दिमागको टिश्यूलाई क्षती पुर्‍याउँछ ।

– यो अमिबा नाकमार्फत् शरीर भित्र प्रवेश गर्छ र  बिस्तारै–बिस्तारे दिमागमा पुग्छ ।

– उनको परिवारले दिएको जानकारी अनुसार नदीमा करिब ४० जना पौडी खेलिरहेका थिए तर लिलीलाई मात्रै दिमागी ज्वरो आयो । सुरुमा आफूहरुलाई यो सामान्य जस्तो लागेपनि उनीहरुको छोरी अब कहिले पनि नउठ्ने गरी निदाएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप