मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा १५ वर्षीया किशोरी बलात्कृत, एकजना पक्राउ

बिहीबार, ०२ असोज २०७६, १३ : २५
बिहीबार, ०२ असोज २०७६

बाँके । १५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियार रहेका छन् । 

१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा परियारलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी बार्यालय बाँकेले जनाएको छ । 

परियारले बालिकालाई बिवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्तीकरणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोा छ । 

जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप