शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

बिहीबार, ०२ असोज २०७६, १४ : ३२
बिहीबार, ०२ असोज २०७६

काठमाडौं-काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप