शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ह्वावे दशैं अफरः ह्वावे प्रतियोगितामा सहभागी बनी बाली र थाइल्याण्ड भ्रमण गर्न पाईने

बिहीबार, ०२ असोज २०७६, १५ : १२
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– यसपालीको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुको लागि लिएर आएको छ खुशीको बहार । 

जस अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी ग्राहकले एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।

यस प्रतियोगितामा सहभागी हुनको लागि सर्वप्रथम त ह्वावेको प्रयोगकर्ता हुनेपर्नेछ । ह्वावे फोन किनेपछि आफ्नो मान्य ईएमआई नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ । 

सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिनेछ । 

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ । 

आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्न सकिन्छ । सहभागी हुनको लागि http://tiny.cc/6hkvcz लिङ्क फलो गर्नुपर्ने कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप