यसकारण स्थगित भयो प्रधानमन्त्रीको सम्बोधन
बिहीबार, ०२ असोज २०७६, १५ : २२
काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले संसदमा गर्न लागेको सम्बोधन अन्तिम समयमा स्थगित भएको छ । संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि अन्तिम समयमा सम्बोधन स्थगित भएको हो ।
यसअघि प्रधानमन्त्री ओलीको सचिवालयले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने सूचना दिएको थियो । प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगितबारे सोध्दा प्रधानमनत्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले शुक्रबार संविधान दिवस परेको र त्यही दिन बोल्ने भएकाले आजको सम्बोधन स्थगित भएको जवाफ दिए ।
प्रधानमन्त्रीले शुक्रबार संविधान दिवसका अवसरमा टुँडिखेलमा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । ओलीको सट्टा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही