शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : प्रधानमन्त्रीज्यू तपाईँलाई बजारभाउ थाहा छैन ?

बिहीबार, ०२ असोज २०७६, १५ : २२
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ– काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार संविधानको मर्म र भावनाविपरित चलेको आरोप लगाएका छन् । 

उनले नेपालगन्जमा काँग्रेसका कार्यकर्तामाथि आक्रमण भएको भन्दै यसले राज्य आतंकमा सरकार आफै लागिरहेको बताए ।

 उनले जनताको करबाट तलव र सुविधा लिने प्रहरी र कर्मचारीलाई समेत सरकारले पार्टीका कार्यकर्ता बनाएको बताए । 

‘जनताको करबाट तलव खाने कुनै हालतमा क्षम्य हुँदैन,’ बिहीबार संसदमा मन्तव्य राख्दै सभापति देउवाले भने । उनले पछिल्लो समयमा संविधानको मर्म र भावनाविपरित सरकार हिँडिरहेको पनि आरोप लगाए । 
‘बहुमतको सरकार संविधानको मर्म र भावनाअनुसार चलनुपर्ने तर चलेको छैन,’ उनले  भने ।

महँगी अत्याधिक बढेकाे भन्दै देउवाले भने,  ‘म प्रधानमन्त्रीलाई भन्न चाहान्छु के तपाईँलाई बजार भाउ थाहा छैन ?’ 

उनले वर्तमान सरकार गठन भएको डेढ वर्षसम्म पनि संविधानको मर्म र भावना अनुसार चल्न नसक्दा संविधान नै असफल हुनु दुखद कुरा भएको पनि बताए । ‘यतिमात्रै होइन सरकार एकपछि अर्को गल्ति गर्दै गएको छ । न्यापालिकामा हस्तक्षेप, व्यवस्थापिकालाई खेलौना बनाउँदैछ । सरकारले आयोगहरुमा नियन्त्रण गर्दैछ । संविधानले तीनै तहमा अधिकार बाडफाडको व्यवस्था गरेपनि सरकार शक्ति केन्द्रीकृत गर्न लागेको छ,’ प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले भने, ‘विकास निर्माणमा सुस्त बनेको सरकार भ्रष्टाचारमा चुस्त देखिएको छ ।’

जनताको मौलिक हकलाई बन्देज गराउने र आस्थाका आधारमा भेदभाव गर्ने काम सरकारले गरेको पनि उनले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप