शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

बिहीबार, ०२ असोज २०७६, १५ : २८
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य गरिदिएबापत पन्तले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले उनलाई बुधबार नियन्त्रणमा लिएको हो । उनलाई घुसबापतको रु पाँच हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको आयोगले आज जानकारी दिएको छ । आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाका अनुसार आरोपी पन्तमाथि अनुसन्धान भइरहेको छ ।

यस्तै नापी कार्यालय भक्तपुरमा कार्यरत नापी सर्वेक्षक सिद्धराज जोशीलाई रु १० हजार घुससहित नियन्त्रणमा लिएको छ । जग्गा हालसाविक गर्न स्थलगत निरीक्षणका क्रममा ‘फिल्ड खर्च’ भनी सेवाग्राहीसँग घुस लिएको आरोप उहाँमाथि लागेको छ । आरोपी जोशीलाई बुधबार पक्राउ गरिएको भए पनि आयोगले आज सार्वजनिक गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप