बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिसी मलमा मोबाइल मेलाः बाली ट्रीपदेखि स्कूटर उपहार

बिहीबार, ०२ असोज २०७६, १८ : ५०
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । 

मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गते शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो । 

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । 

त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ । 

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन बितरण गरिने हवले जनाएको छ । 

मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निशुल्क बीमा हुनेछ भने निशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ । त्यसै गरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको पूmलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् । 

उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।

मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ । अफर भित्र पनि अफर अन्तरगत छुटका साथै ‘अहिले लैजानुहोस् पछि तिर्नुहोस्’ भन्ने नाराका साथ शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध गराइने राईले बताए । 

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप