साफ यू–१८ टोलीको उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य
काठमाडौं – नेपालको साफ यू–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ । काठमाडौंमा एन्फाले गरेको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यू–१८ फुटबल टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले तेस्रो संस्करणको साफ यू–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास व्यक्त गरे ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए । प्रतियोगितामा सहभागि सबै टिम राम्रो भए पनि नेपालको तयारी उत्कृष्ट रहेको भन्दै प्रशिक्षक श्रेष्ठले उपाधी जितेर ह्याट्रिक गर्ने बताए ।
मुख्य प्रशिक्षक, अन्डर १८ समूह नेपाल
सबै खेल घरेलु मैदानमा भएको र प्रतियोगिता अघि ४५ दिन तयारीले उपाधी जित्न सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए । प्रतियोगिताको उपाधि जित्न टिमले अट्याकिङ पोजिसनलाई बढी फोकस गरेको समेत बताए ।
नेपालले शुक्रबार माल्दिभ्ससँग प्रतियोगिताको पहिलो खेल खेल्दैछ । यसअघि नेपालले नेपालमै भएको पहिलो र भुटानमा भएको दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र बंगलादेश रहेका छन् ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सहज मानिएको समूहमा रहेको नेपाललाई सेमिफाइनल पुग्न कठिन भने हुने छैन । सेमिफाइनल पछिका खेलमा भने नेपालको सामना अर्को समूहमा रहेका भारत र बंगलादेश सँग हुनेछ ।
दुबै टीम साफ यू–१८मा पनि बलियो मानिन्छ । उपाधी जित्न नेपालको बाधक भारत र बंगलादेशको टीम नै हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ