शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको पैसा सेयरमा लगानी गर्नुहोस्, यी कम्पनीको आउँदैछ ४ अर्ब १४ करोडको आईपीओे

शुक्रबार, ०३ असोज २०७६, ०८ : ५२
शुक्रबार, ०३ असोज २०७६

नेपालीहरुको महान् चाँड नजिकिदै छ । दसैँमा विशेष गरी आफूभन्दा ठूलाबडाको हातबाट टीका साथै दक्षिणासमेत ग्रहण गर्ने परम्परा छ । हामीसँग भएको स–साना रकम पनि लगानी गर्दा त्यसले भविष्यमा राम्रै प्रतिफल दिनसक्छ । यसकारण टीका लगाएर जम्मा भएको पैसाले विभिन्न कम्पनीको आईपीओे खरिद गरी लगानीको सदुपयोग गर्नुहोस् । हामीले १ सय रुपैयाँमा एक कित्ता पाइने आईपीओे क—कसले निष्काशन गर्दैछन् भनेर प्रस्तुत गरेका छौँ ।

नेपाल धितोपत्र बोर्डका अनुसार ४ अर्ब १४ करोड ४८ लाख रुपैयाँ बराबरको आईपीओे निष्काशन हुने भएको छ । जलविद्युत, मर्चेन्ट बैङ्क, पूनर्बीमा लगायत गरी  विभिन्न १२ वटा कम्पनीको आईपीओे निष्काशन हुने भएको हो । आईपीओे निष्काशन हुनेमा धेरैजसो जलविद्युत कम्पनी छन् ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले असार ३१ गते आईपीओे निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओे निष्काशनको लागि आवेदन दिएको हो । १०० रुपैयाँ प्रतिकित्ताको यस आईपीओेको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई जिम्मा दिइएको छ ।

यता सिंजाली हाइड्रो इनर्जीले पनि ४३ लाख ५० हजार कित्ता आईपीओे निष्काशनको माग गरेको छ । यस्तै नेपाल पुर्नविमा कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओे निष्काशन गर्ने भएको छ । यस कम्पनीले पनि नियामक समक्ष निष्काशनको अनुमति माग्दै आवेदन दिएको छ । सिंजालीले भदौ २० गते र नेपाल पुनर्बीमाले भदौ २२ गते नियामक समक्ष अनुमतिका लागि आवेदन दिएका हुन् ।

यता सुभम् पावर जलविद्युतले पनि १ वर्ष अगाडी नै  ५ लाख ८० हजार ५८ कित्ता आईपीओे निष्काशनको लागि आवेदन दिएपनि नियामकले अझै अनुमति दिएको छैन । नियामकले यस कम्पनीलाई विद्युत नियामक आयोगबाट पूर्व स्वीकृतिको कागजात पेश गर्न अनुरोध गरेको छ । सुभमले २०७५ भाद्र २७ गते आईपीओे निष्काशनको अनुमति मागेको थियो ।

इमर्जिङ नेपालले जेठ २३ गते ५ लाख कित्ता सेयर निष्काशनको माग गरेर आवेदन दिएको थियो । यता, ग्रीन लाइफ हाइड्रोपावरले ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओे निष्काशन गर्नेछ । यसका लागि कम्पनीले गत वैशाख ९ गते नियामकसँग अनुमति मागेको छ । लिबर्टी इनर्जी कम्पनीले पनि बैशाख १६ गते ३७ लाख ५० हजार कित्ता आईपीओे निष्काशनको माग गरेर आवेदन दिएको छ ।

युनाइटेड आईडीआई मार्दी एण्ड आरबी हाइड्रोपावरले १० लाख ५० हजार कित्ता आईपीओे निष्काशनको माग गरेर साउन १४ गते आवेदन दिएको छ ।

यस्तै सिबीआइएल मर्चेन्ट बैङ्कले ३ लाख कित्ता आईपीओे निष्काशन गर्ने भएको छ । यसले झण्डै डेढ वर्षअघि निष्काशनको माग गर्दै आवेदन दिएको छ ।

मैलुङ खोला जलविद्युतको पनि ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओे आउँदैछ । यता माउन्टेन इनर्जीको पनि ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओे आउने छ ।

शिवश्री हाइड्रोपावरको ३३ लाख ५१ हजार १ सय ४० कित्ता आईपीओे निष्काशन हुनेछ । धितोपत्र नियामक नेपाल धितोपत्र बोर्डले अनुमित दिने वित्तिकै यी कम्पनीहरुले आईपीओे निष्काशन गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप