शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णेल रविन्सनलाई वेलायती गोर्खा सैनिकहरुको ‘गार्ड अफ अनर’

शुक्रबार, ०३ असोज २०७६, ०९ : २५
शुक्रबार, ०३ असोज २०७६

लण्डन । केन्ट फोक्स्टन, सनक्लिफस्थित सर जोनमोर व्यारेकमा कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्ड अफ अनर’ दिएका छन् ।

ब्रुनाई राजदरबारकालागि सुरक्षामा तैनात भईरहेका दोस्रो गोर्खा बटालियन(टु आरजिआर) का सैनिकहरुले भने गत महिना रविन्सनलाई ‘गार्ड अफ अनर’ दिँदै बिदाइ गरेका थिए ।

सन् २०१२ डिसेम्बरमा कर्णेल व्रिगेड अफ गोर्खाजमा नियुक्ति भएका कर्णेल रविन्सनलाई बटालियनको मन्दिरमा पन्डित शंकरमणि नेपालद्वारा पुजा आराधाना गरी विदाइको कार्यक्रम सुरुवात गरिएको थियो ।

कमाण्डिङ अफिसर लेप्टिनेन्ट कर्णेल कोन्रे, गोर्खा मेजर मेजर ललित गुरुङ र रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान नरवीर गलामीलगायत सम्पूर्ण सैनिकहरुले फुलमाला लगाई विदाई गरेका हुन । यातायात विभागद्वारा सहिसजावट गाडिमा नेपाल, वेलायत र आरजिआरको झण्डा फर्रफराउँदै गाडरुमसम्म पुर्याएका थिए । गाडरुम पुगे लगत्तै कर्णेल जेजि रविन्सन सिविईलाई पहिलो गोर्खा बटालियन (वानआरजिआर) का सैनिकहरुले ‘गार्डअफअनर’ दिएका हुन् ।

कर्णेल रविन्सनले भने, ‘व्रिगेड अफ गोर्खाज भित्र पहिलो र दोस्रो गोर्खा बटालियनका महत्त्वपूर्ण कार्यका कारण तेस्रो गोर्खा बटालियन स्थपना भएको हो, गोर्खा सैनिकहरुको शिर जहिले पनि उच्च रहिरहने छ भन्ने विश्वासमा म पूर्ण विश्वस्त छु ।’ वियफ वियस गोर्खा रेडियोको ट्रान्समिटर थपेर बेलायत र नेपालको विभिन्न शहर र गाँउहरुमा पु¥याउने उदेश्य रहेको बताउदै बेलायत र नेपालमा रहेका आफन्त परिवारबीच गोर्खा रेडियोले झनै नजिक तुल्याउने उनले जिकिर गरेका थिए ।

कार्यक्रमका अन्त्यतिर बटालियनका सबैभन्दा कान्छो सैनिकले माल्यार्पण गर्दै पहिलो गोर्खा बटालियनको तर्फबाट मायाको चिनो स्वरुप चाँदीबाट बनाइएको ‘निशानीमाई’ उपहार दिएका थिए ।

नेपाल सुनसरी धरानमा जन्मिएका कर्णेल जेम्स रविन्सन सन् १९८४ मा बेलायती सैनिक अधिकृतमा चयन भई सातौँ ड्यूक अफ एडिनवर्गको आफनै गोर्खा राइफल्समा भर्ति भएका हुन् । उनले पहिलो केहि बर्ष हङकङ, ब्रुनाई, नेपाल र कोरियामा सैनिक सेवा गरेका थिए । ब्रुनाईमा एक कुशल प्रशिक्षक, प्रशिक्षण, एडजुटन्ट र कम्पनी कमाण्डर लगायतका धेरै रेजिमेन्टल नियुक्तिहरुको अविभारा निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप