फ्राइडे रिलिज : देशभर ‘कबड्डी कबड्डी कबड्डी’
काठमाडौँ । शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
हिट फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ दर्शकमा राम्रो क्रेज भएकाले पनि एकल प्रदर्शन अवसर पाएको हो ।
रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले देशभरका मल्टीप्लेक्स र सिङ्गल थियटर दुबै कब्जा गरेको छ । मल्टीप्लेक्समा यो फिल्मलाई अहिलेसम्मकै सर्वाधिक सोज दिइएको छ ।
बिहिबार साँझ जय नेपाल चलचित्र भवनमा फिल्मको प्रिमियर समेत गरिएको थियो । कलाकार र रङ्गपत्रकारको बाक्लो उपस्थिती रहेको प्रिमियरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।
स्वजातीय विवाह र अन्तरजातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा बनेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको रहेको छ ।
बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।
दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै