यसरी मनाइयो प्रदेश ५ मा संविधान दिवस (फोटोफिचर)
बुटवल – प्रदेश ५ सरकारले भव्य रुपमा संविधान दिवस मनाएको छ । आज बुटवलमा जातिय भेषभुषा र संस्कृति झल्कने झाँकी र बाजागाजा सहित संविधान दिवस मनाइएको हो । बिहान बुटवल चारौहाबाट निकालिएको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो ।
मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले राज्य बलियो बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे । संविधानले नागिरकलाई अधिकार सम्पन्न बनाएकाले त्यसलाई संस्थागत गर्न राज्यलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जारी भएको संविधान कार्यान्वयनमा तीन तहका सरकार क्रियाशील रहेको र आर्थिक विकास र समृद्धिको काममा सरकार लागेको बताए ।
उत्कृष्ट १० वटा समूहलाई पुरस्कृत
संविधान दिवस विशेष समारोहमा ९६ वटा झाँकी सहितका र्याली समूह सहभागि भएका थिए । त्यसमध्ये उत्कृष्ट १० वटा समूहलाई पुरस्कृत गरिएको थियो । झाँकी सहितको ¥यालीमा तिलोत्तमा नेवा मयजु खलः रुपन्देही प्रथम, पद्म चैत्य बिहार बुटवल १ र कालिका मानवज्ञान माध्यमिक बिद्यालय द्वितीय र जितगढी सराँय व्यवस्थापन समिति बुटवल, सैनामैना नगरपालिका तथा नेवा समाज प्रदेश पाँच रुपन्देही तृतीय भएका थिए ।
त्यस्तै राधेश्याम महिला भजन मण्डली बुटवल, क्षेत्री समाज नेपाल रुपन्देही, खेमा तम छोंज धी देवदह र थारु साँस्कृतिक मयुर नाच सान्त्वना भएका थिए । झाँकीमा उत्कृष्ट समूहलाई क्रमशः प्रथमलाई ४० हजार, द्वितीयलाई २६ हजार ६६७, तृतीयलाई १३ हजार ३३३ र सान्त्वनालाई ९ हजार ३ सय ३३ रुपैंया पुरस्कार प्रदान गरिएको थियो ।
उनीहरुलाई प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री पोखरेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता