बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘तिम्रो शहर’को ट्रेलर भरपुर एक्सन

शुक्रबार, ०३ असोज २०७६, १४ : २२
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– फिल्म ‘तिम्रो शहर’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको एक्सनका पाटो समेटेर ट्रेलर ल्याएको हो । ट्रेलरमा कलाकार अमिर गौतम, हरि हुमागाई, सुसिला थापा लगायतको एक्सन समेटिएको छ ।

निसान कस्यमको निर्देशन रहेको फिल्ममा अमिर गौतम, हरि हुमागाई, सुसिला थापा, युवराज वाइवा,लोमस पौडेल, नारायण घिमिरे लगायतको अभिनय रहेको छ । जय रसाइली र लक्ष्मी रसाइली निर्माता रहेको फिल्म ‘तिम्रो शहर’ द्धन्दात्मक कथामा निर्माण भएको बताइएको छ ।

विकास दाहालको सम्पादन, शंकर महर्जनको द्वन्द्व, सन्तोष कालिकोटीको गायन रहेको फिल्ममा यमन सुवेदीको शब्द तथा मनोजराज शिवाकोटीको संगीत समेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप