केन्द्रीय संस्करण

मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व शुरु

person explore access_timeअसोज ३, २०७६ chat_bubble_outline0
file photo

बर्दिवास– मिथिला क्षेत्रकै पवित्र पर्व ‘जितिया’ महोत्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।  व्रत बस्नुअघि आजको दिन यहाँका महिलाले घिरौँलाको पातमा भगवान् जितमाहन र दिवंगत पितृलाई प्रसाद चढाई चिउरा, दही र (आँपको रसबाट तयार हुने अमोट  खाद्य पदार्थ) खान्छन् भने शनिबार बिहान ४ बजेदेखि निराहार उपवास बसी आइतबार साँझ व्रत सम्पन्न गर्दछन् । 

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेल आफ्ना सन्तानलाई लगाइदिने चलन रहेको छ । व्रतको पहिलो दिन (आज) पूजापछि कोदाको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ ।

विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रत बसेका महिलाले ओँगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओँठमा लगाउनुपर्छ । प्राय महिलाले ओँगठनमा च्युरा र दही खाने गरेको पाइन्छ । त्यसपछि व्रत शुरु हुन्छ । आश्विन कृष्ण पक्षको अष्टमीको दिन मनाइने यो व्रत विशेष विकट रहेको बर्दिवासका स्थानीय महेश झा बताउँछन् ।

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्ति र सम्बृद्धिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्व समेत छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक हेमचन्द्र लाल कर्ण यो पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने बताउँछन् । पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवंगत पितृलाई पिण्ड चढाउँछन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा लिईन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । यस पर्वलाई खड् जितिया पनि भनिन्छ । 

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.