शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक छैन : सुवास नेम्वाङ

शुक्रबार, ०३ असोज २०७६, १६ : ४३
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उपनेता नेम्वाङले मधेशवादी दलहरुको समेत क्रियाशीलतामा बनेको संविधानमाथि असन्तुष्टि जनाउनुको कुनै तुक नरहेको पनि स्पष्ट पारे । 

उनले संविधानमा मधेशवादी दलहरुको असन्तुष्टि भए सम्बोधन गरेर अघि बढन सकिने बताए । तर त्यो काम संविधान बमोजिम हुने उपनेता नेम्वाङको भनाई छ । संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबैको योगदान रहेकाले त्यसको कार्यान्वयनमा पनि सबै दलहरुको सहयोग हुनुपर्ने पनि बताए ।

उपनेता नेम्वाङले संविधानमा कुनै कुरा सुधार गर्न परे त्यसमा खुलेर बहस गर्न सकिने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप