फेवाबजारको सेवा अब काठमाडौंबाट पनि
काठमाडौं– फेवाबजार डट कमले काठमाडौंबाट पनि सेवा दिने भएको छ । फेवाबजार डट कमले ई–कमर्स कम्पनी काठमाडौंबाट यही असोज १२ गतेबाट सेवा विस्तार गर्ने जनाएको छ ।
योसँगै फेवाबजारले अबको एक वर्षको समयमा देशका विभिन्न मुख्य शहरहरूमा शाखा सञ्चालन गर्ने लक्ष्य पनि लिएको छ । फेवाबजारले प्रत्येक मलिना ५ देखि १७ गतेसम्म फेवाबजार एक्सक्लुसिभ अफर पनि ल्याउने गरेको छ । जसमा ५० प्रतिशतसम्म छुट लगायतका विभिन्न अफरहरु हुनेछन् ।
मासिक किस्ताबन्दीमा २० हजार देखि ५ लाखसम्मका सामान उपलब्ध गराउने नेपाली पहिलो ई–कमर्स कम्पनी हो । फेवाबजार डट कम र फेवाबजार एन्ड्रोइड, आईओएस, एपबाट पनि संचालन गर्न सकिन्छ । त्यसैगरी, कार्ड पेमेन्ट, इन्स्टलमेन्ट पेमेन्ट, क्यासबाट पनि सामान किन्न सकिन्छ ।
व्यस्त जीवनशैलीका कारण मानिसहरु टेक्नोलोजीसँगै अघि बढीरहेको सन्दर्भ, डिजिटल नेपाल र स्मार्ट सिटीको अवधारणालाई आत्मसाथ गर्दै ग्राहकलाइ सुपथ मूल्यमा उच्च गुणस्तरीय उपभोग्य सामाग्री घर घरमै पुर्याउने हेतुले १ वर्ष अघि पोखराबाट ई–कमर्स सुरु भएको थियो ।
सबै सामान विक्री गर्ने उद्देश्यले गण्डकी प्रदेशको ठूलो अनलाइन सपिङ हो ई–कमर्स । यसले पोखरा, लेखनाथ, बाग्लुङ, बेनी, दुलेगौँडा, भिमाद, डुम्रे, आँबुखैरेनी गरी १२ वटा आउटलेट र ५० वटा डिलरसिप स्थापना गरिसकेको छ ।
नेपालमा पाइने विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला(साहित्यका पुस्तक लगायतका सामाग्रीहरू रहेका छन्।
बार्गेनिङ गर्न नपर्ने, समयको बचत हुने, भिडभाडमा ठगिने सम्भावना नहुने, न्यून मूल्यमा होम डेलीभरी सेवाका साथै विशेष अफरको समयभित्र ५० प्रतिशतसम्म छुटका साथै अन्य आकर्षक स्किम दिने भएकाले ग्राहकले फेवाबजार डट कमबाट सामान खरिद गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने