केन्द्रीय संस्करण

अबको चुनावमा साझा विकल्प होइन, निर्विकल्प पार्टी बन्छ : रवीन्द्र मिश्र

person explore access_timeअसोज ३, २०७६ chat_bubble_outline1

गोरखा – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अबको चुनावमा आफ्नो पार्टी निर्विकल्प हुने बताएका छन् । ‘जसले मान्छे मा¥यो, जसले देशको दोहन ग¥यो, जसले जनताको जीवनस्तरमाथि जान दिएन,’ उनले भने, ‘त्यस्ताहरुलाई मत आउने छैन, अबको चुनावमा साझा पार्टी विकल्प होइन, निर्विकल्प हुन्छ ।’

पार्टीलाई निर्विकल्प बनाउन आफूहरु दिनरात लाग्ने र त्यसमा जनताको साथ चाहिने मिश्रले बताए । देश १५÷२० वर्षमै रुपान्तरण गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘अहिलेको राजनीति परिवर्तन नगर्ने हो भने हामी मृत्यु शैड्ढयामा पुग्दा पनि यही हालत हुन्छ,’ संयोजक मिश्रले भने । 

शुक्रबार साझा पार्टीको गोरखा जिल्ला संयोजक घोषणा सभामा मुलुकको समृद्धिका लागि अहिलेको संविधान भत्काउन आवश्यक नरहेको मिश्रलभनाइ थियो । उनले भने, ‘असन्तुष्टि छ भने संशोधन गर्न सकिन्छ, संशोधन हुन सक्छ भन्ने व्यवस्था संविधानले नै गरेको छ ।’ दुईतिहाईको शक्तिशाली सरकारले पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।  


२०४६ सालयता सत्तामा पुगेका नेता, प्रशासक र उच्चपदस्थहरुको सम्पति आफ्नो पार्टी सत्तामा पुगेपछि छानबिन गर्ने उद्घोष मिश्रले दोहो¥याए । उनले कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्नेमा पनि जोड दिए ।
मिश्रले राजा पृथ्वीनारायण शाह कतिपयको आँखामा साम्राज्यवादी देखिए पनि खासमा उनी राष्ट्र एकीकरणका नायकै भएको पनि बताएका थिए । 

पार्टी प्रवक्ता सूर्यराज आचार्यले अहिले भइरहेको राजनीतिलाई पुनःपरिभाषित गर्न चाहेको सुनाए । उनले भने, ‘अहिले भइरहेको राजनीति राजनीति होइन, नेताहरुले देश दोहन गर्ने उद्यम मात्रै हो । हामीले नयाँ पार्टीमात्रै खोलेका होइनौं, नयाँ राजनीतिक संस्कार बसाउन खोजेका हौं ।’ 

गण्डकी प्रदेश संयोजक महेश भण्डारीले समृद्धिको नतिजा जनताले तत्काल पाउनुपर्ने विचार राखे । ‘हामीले खोजेको समृद्धिको नतिजा तत्काल पाउनुपर्छ,’ उनले भने । गोरखाका गाउँमा पुग्न आज पनि ३ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता रहनु बिडम्वना भएको उनको भनाइ थियो । भण्डारीले भारतीय संविधान निर्माता भीमराव अम्बेडकरको भनाइ उद्धृत गर्दै संविधान असल भएरमात्रै देश विकास हुन नसक्ने, शासक असल हुनुपर्ने बताए । 

साझा पार्टीले घोषणा ग¥यो गोरखा जिल्ला संयोजक

साझा पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गरेको छ । उक्त पार्टीको गण्डकी प्रदेश संयोजक महेश भण्डारीले किशोर रेग्मीलाई गोरखा संयोजक घोषणा गरे । शुक्रबार गोरखाम आयोजित कार्यक्रममा साझा पार्टी संयोजक रवीन्द्र मिश्र र गण्डकी संयोजक भण्डारीले रेग्मीलाई माटोको टीका लगाई पार्टीको जिम्मेवारी सुम्पिए ।

रेग्मीले लामो समय विचार गरेर साझामा प्रवेश गरेको सुनाए । ‘मैले जुन फलफूल खान हातमा राखेको थिएँ, त्यो सडेको छ भन्ने लाग्यो,’ उनले भने, ‘त्यसैले साझामा प्रवेश गरें ।’  
 

कमेन्ट

  1. Sept. 23, 2019, 10:19 a.m. नवराज थापा
    आफूचाँहि कहिल्यै परिवर्तन नहुने तर देश चाँहि परिवर्तन चाहिने हामी नेपालीको विडम्बना नै हो भन्नु पर्छ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...