शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानडाका प्रधानमन्त्रीद्वारा क्षमायाचना

शुक्रबार, ०३ असोज २०७६, २३ : ३३
शुक्रबार, ०३ असोज २०७६

ओटावा-क्यानडाका प्रधानमन्त्री जस्टीन टु्रडयौले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन् । लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो । 

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ । उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा रहेका छन् ।   उनको पुरानो फोटोले उहाँले अहिले तानवमा पार्नुका साथै नैतिक दवावमा समेत पारेको समाचारमा जनाइएको छ । 

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ । ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ । त्यही फोटोलाई लिएर विपक्षीहरूले उनका विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन् ।

उनले आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाई छ । उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन् । तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आपूु नभएको उनको दावी छ । 

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए । -सिन्ह्वा/Photo: Reuters

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप