शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

शनिबार, ०४ असोज २०७६, ०६ : ५६
शनिबार, ०४ असोज २०७६

मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई छ । 
सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरु यस्ता महत्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । 
बच्चाको भातखुवाइसम्ममा उनीहरुको उपस्थिति देखिन्छ । अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् ।
 बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारहरुले गुनासो गरिरहेका छन् तर प्राप्त अधिकार उपयोगमा पनि उनीहरु चुकिरहेको प्रस्टै देखिन्छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप