शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई कूटनीतिज्ञ निष्कासित

शनिबार, ०४ असोज २०७६, ०८ : ०६
शनिबार, ०४ असोज २०७६

अमेरिकाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि क्युबाका दुई कूटनीतिज्ञलाई देशनिकाला गरेको छ । अमेरिकी विदेश मन्त्रालयकाअनुसार ‘अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न’ रहेकाले उनीहरुलाई निष्काशन गरिएको हो । 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टासुसले ‘क्युबाका कूटनीतिज्ञलाई राष्ट्रसंघ मुख्यालय रहेको म्यानह्याटनभन्दा बाहिर नजान वा हिँडडुल गर्न पनि प्रतिबन्ध लगाइको जनाए । क्यबाली कूटनीतिज्ञका आरोपित गतिविधिबारे भने अमेरिकाले प्रस्ट पारेको छैन । क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजले ‘अमेरिकी कदम अनुचित भएको’ प्रतिक्रिया दिएका छन् ।

स्पेनिस भाषामा गरेको ट्वीटमा रोड्रिगुएजले क्युबाको कूटनीतिज्ञमाथि लगाएको आरोप‘अश्लील आरोप’ भएको बताएका छन् । यो समाचार कान्तिपुर दैनिकामा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप