शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताजकिस्तानसँग लज्जास्पद हारसँगै नेपाल बाहिरियो

शनिबार, ०४ असोज २०७६, ०९ : ५४
शनिबार, ०४ असोज २०७६

काठमाडौँ । नेपालले जोर्डनमा एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा अर्को लज्जास्पद हार खेपेको छ ।

शुक्रबार राति भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० गोलले पराजित भयो । यस हारसँगै नेपाल छनोटबाट बाहिरिएको छ ।

पहिलो हाफमै चार गोल खाएको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । ताजकिस्तानको भने लगातार तेस्रो जित हो ।

समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा पनि आयोजक जोर्डनसँग ७–० गोलले पराजित भएको थियो ।

समूहको दोस्रो खेलमा भने नेपालले कुवेतलाई १–१ गोलको बराबरीमा रोकेको थियो ।

नेपालले समूहको अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप