शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता पाएपछि फातीलाई स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने बाटो खुला

शनिबार, ०४ असोज २०७६, ११ : ०३
शनिबार, ०४ असोज २०७६

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्न पाउने भएका छन् ।

अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फातीलाई स्पेनले नागरिकता दिएपछि उनको स्पेनबाट अन्तर्राष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको हो ।

फाती ६ वर्षको उमेरदेखि स्पेनको सेभियामा बस्दै आएका छन् । स्पेनमा १० वर्ष बसेपछि विदेशी नागरिकले त्यहाँको नागरिकताको लागि दाबी गर्न सक्ने प्रावधान छ । सोही आधारमा फातीले पनि स्पेनको नागरिकता पाएका हुन् ।

स्पेनिस नागरिक भएसँगै १६ वर्षीय फातीले स्पेनबाट अन्डर १७ विश्वकप खेल्ने सम्भावना बढेको छ । यसै सिजन बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका फातीले ला लिगामा तीन खेल खेल्दै दुई गोल गरिसकेका छन् ।

फातीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमन्डविरुद्धको खेल खेल्दै बार्सिलोनाबाट कम उमेरमा युरोपियन च्याम्पियन्स लिग खेल्ने खेलाडीको किर्तिमानसमेत रचेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप