स्थायी लेखा नम्बर लिने बढे
इलाम-सरकारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिन सबैलाई अनिवार्य गरेसँगै इलाममा पनि यो नम्बर लिनेको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ ।
सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा नम्बर लिने ह्वात्तै बढेको छ । करदाता सेवा कार्यालय इलामबाट हालसम्म सात हजार ६६६ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयबाट हालसम्म आयकर आठ हजार ८३८ ले लिएका छन् ।
मूल्य अभिवृद्धि करतर्फ ६९१ फर्म दर्ता भएका छन् भने अन्तशुल्कतर्फ ७७० फर्म कर कार्यालयमा दर्ता भएका छन् । यस्तै संस्थागत प्यान नम्बर लिनेको सङ्ख्या ३२ मात्र रहेको छ । यसरी हेर्दा कार्यालय इलाममा हालसम्म १७ हजार ९९७ करदाता रहेको तथ्याङ्क छ ।
कार्यालयमा अहिले हरेक दिन व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड बढी नै रहेको कर अधिकृत प्रकाश राईको भनाइ थियो । सरकारले हरेक व्यक्तिले स्थायी लेखा नम्बर लिन अनिवार्य गराएपछि मानिसको चाप कार्यालयमा बढेको उनले बताए । धेरैजसो विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।
कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएपछि कर्मचारीमा कार्यबोझ पनि बढेको छ । कार्यालयबाट अहिले दैनिकजसो ५०–६० जना सेवाग्राहीले स्थायी लेखा नम्बर लिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्दा शिव सेनामा प्रवेश, चुनाव लड्ने अड्कलबाजी
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?