हनी ट्राप : पाँच महिलाले आपत्तीजनक भिडियो बनाएर २० नेता–सरकारी अधिकृतबाट उठाए १५ करोड भारु
एजेन्सी । भारतको मध्यप्रदेशका कयैन नेता र सरकारी अधिकृतलाई व्ल्याकमेल गरेर करोडौँ उठाउने पाँच महिला पक्राउ परेका छन् । अनुसन्धानका क्रममा तीबाट अनौठा सूचनाहरु प्राप्त भएको छ ।
तिनलाई पक्रनको लागि प्रहरी र आतकंवाद विरोधी स्क्वाड(एटीएस)को प्रयोग भएको थियो । अनुसन्धानका क्रमले ती पाँच महिलाले झण्डै २० जनालाई आफ्नो जालमा फँसाएर तिनको आपत्तीजनक भिडियो बताएको र ती भिडियो इन्टरनेटमा हालिदिने धम्की दिएर तीबाट १५ करोड भारु उठाएको देखिएको छ ।
तिनले आफूले शिकार बनाएका धनाढ्यबाट ५० लाखदेखि तीन करोड भारुसम्म उठाएको पाइएको छ । पक्राउ परेका महिलाका मोबाइल जाँचमा करिब ९० आपत्तिजनक भिडियो पनि प्राप्त भएको छ ।
यसमध्य ३० भिडियोमा आईएएस, आईपीएस अधिकारी र नेताहरुका छन् । प्रहरीले तिनलाई पक्राउ नगरेको भए पनि फोरेन्सीक जाँच सिफारिस गरेको छ ।
यस प्रकरणमा थप ५–६ युवती सामेल रहेको विश्वास गरिएको भए पनि यसका मुख्य व्यक्ति श्वेता जैन विजय र श्वेता जैन स्वम्निल मानिएका छन् । ती दुईसँगै बरखा अमित सोनीलाई एक निगम इन्जिनियरबाट ३ करोड मागेको आरोपमा जेल पठाएको छ ।
अन्य आरोपीहरु आरती दयाल, छात्रा मोनिका यादव र ड्राइभर ओम प्रकाशलाई सेप्टेम्बर २२ सम्म इन्दौर प्रहरीको हिरासतमा राख्ने अनुमती दिएको छ ।
यी महिलाको फन्दामा पर्ने धेरै जसो अधिकारीहरु राज्यका इन्दौर र भोपाल क्षेत्रका छन् । ती महिला त्यस क्षेत्रको क्लबमा आउने जाने गर्ने र त्यहीँ आउ जाउन गर्ने सरकारी अधिकारीलाई फसाउने गरेको खुलेको छ ।
प्रदेशका शिर्ष आईएएस अधिकारी र इन्दौर नगर निगमका इञ्जिनियरसँग भएको हनी ट्रापलाई प्रहरीले एक संगठित अपराध मानेको छ ।
सरकार र प्रशासनका शीर्ष अधिकारी संलग्न भएका कारण भारतको आतंकवाद विरोधी एजेन्सीले नै यसको अनुसन्धान थालेको थियो । देशका गोप्य सूचना थुत्न आतंकवादीहरु पनि यस्तो कार्यमा प्रयोग हुन सक्ने आशंकामा १५ सदस्यीय एटीएस परिचालन भएको थियो ।
हनी ट्रयापमा संलग्न महिलाहरु लेट नाइट पार्टीका सौखिन छन् । तिनका मोबाइल फोनमा त्यस्तो पार्टीका कयैन भिडियो भेटिएको छ ।
धेरैजसो पार्टी भोपाल–इन्दौर चार लेन सडकको दायाँवायाँ रहेका रिसोर्ट, होटल वा फार्म हाउसमा हुन्थ्यो । तिनमा आईएएस–आईपीएस अधिकारलाई पनि बोलाइन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको कम्पाउण्ड सिसाको प्रतीक्षालय (तस्बिरहरू)
-
कर्णालीमा राप्रपा तटस्थ
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ