कविता : मखमली
शनिबार, ०४ असोज २०७६, १२ : ३९
-कमल पोखरेल
खुसी टिपेर
उसैगरी फुल्न चाहान्थे
जसरी विपनाभन्दा टाढा
मखमली भीरमा फुलिरहन्थे ।
र लोभ्याइरहन्थे मन
सपनाबाट
यथार्थको कुरूक्षेत्रमा
कोपिलाबाट तङ्ग्रिँदै
वयस्क बनेको
सिल्पकारले बनाएको
आकृति
कुदाइमा सुसज्जित
आकृति चम्किए पनि
फुल्न चाहेन
मनमा कुदिएका
खारेजी चेत
संशोधित सम्बन्धले
त्यो
अर्थहीन रोपिएका
बिज
अन्यौल फक्रिँदो, उजाड
परिवेश, देखेर
भक्कानिए, अकमक्किए
मखमली फूल ।
पाठशालामा पनि रोपिएका थिए
मखमली
मोहकता भरिएको वा
गुरूबाट भराइएको,
स्वभावतः खस्रो, तिखो
आफैमा अविजित
तर
फुङ्ग अनुहारमा
मधुर खुसी बोकेर आउने
दसैँ, तिहारमा
मखमली
उपहार तिमीलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन